पोखरा। गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले संघीयता टुहुरो भएको बताएका छन्।
गण्डकी प्रदेश सरकार स्थापना भएको आज पाचँ वर्ष पुरा भएको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै गुरुङले केन्द्रीय सरकारका साझा सुची धैरै र प्रदेश सरकारका एकल अधिकार थोरै हुँदा काम गर्न कठिन भएको बताए।
सघं सरकारले निर्माण गरेको कानुनले प्रदेशको एकल अधिकारलाई हनन गरेर कानुन निर्माण गरेको उनले बताए।
नेकपा एमाले उपमहासचिव समेत रहेका गुरुङले असमानताबाट समानता स्थापना गर्नको लागी संघीयता आएको बताए।
उनले भने, ‘तर प्रदेश सरकार संचालन गर्न धेरै चुनौंती खडा भएको छ। यो मुलुक सबैको हो तर व्यवहारिक पक्ष कस्तो भयो? नेता र राजनीतिक दहलहरुले ध्यान नदिँदा संघीयता टुहुरो भएको छ। प्रदेश स्थापना भएपछि आवश्यक संरचना थप्नुपर्ने ठाउँमा जिल्लामा भएका कार्यालयहरु समेत हटाइएको छ अनि कसरी पुँजीगत खर्च वृद्धि हुन्छ?’