पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भनेर पात्रो हेरेर भन्न नसक्ने बताएका छन्।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले यस्तो बताएका हुन् ।
‘पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्ने प्रश्न समग्र पोखरेली र गण्डकी प्रदेशका जनताको प्रश्न हो’, मन्त्री किरातीले भने, ‘आजको मितिदेखि अझ तिव्र रुपले नागरिक उड्डयन प्राधिकरणसँग छलफल र परामर्श गरेर यो विषयमा अगाडि बढ्छौं, पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिन।’
उनले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न अत्याधिक प्रयास र यथाशिघ्र छिटो हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले बताए।
माघ १ गते पोखराको सेती खोँचमा भएको यती विमान दुर्घटनाले देश र मन्त्रालय शोकमा भएको समयमा आफुले खाँदा र माला लगाएर नबस्ने घोषणा गरेको बताए ।
उनले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन समेत गरेका छन्।