काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका भण्डारीलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालले देश बाहिर लैजान सिफारिस गरेपछि मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी थालिएको छ।
बुद्धनगरस्थित निवासमा गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । लगत्तै आमा छोरालाई कीर्तिपुर अस्पतालमा लगेर आईसीयूमा उपचार थालिएको थियो।
यो पनि पढ्नुस् :-
ग्याँस सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते
सांसद भण्डारीको अवस्था जटिल, देशबाहिर लैजान सिफारिस