काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहीबार (आज)भारत जाने भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका उनी भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि भारत जान लागेको उनको सचिवालयले जनाएको छ। पटनामा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन तय भएको छ ।
सो क्रममा उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने बताइएको छ ।