जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।
यसअघि मंगलबार बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको थियो। सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था तथा परामर्श समिति र नियमावलीको नियम १४६ बमोजिम विभिन्न विषयगत समिति गठनका लागि राखेको प्रस्ताव बैठकले पारित गरेको थियो।