काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।
राति खाना खाएर सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा समेत घाइते भएको उनको पारिवारीक स्रोतले बताएको छ । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।