काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ।
आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।गृह मन्त्रालय नपाएपछि रास्वपा माघ २२ मा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन।
यस्तै रास्वपाले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले १६ जनालाई समितिमा थपेको हो ।
