काठमाडौं । लोसपा निकट लोकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष रन्जितकुमार सिंह नेकपा एमाले प्रवेश गरेका छन्।
एमालेका महासचिव शंकर पोखरेल र मधेस प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वधार विकास मन्त्री सरोज कुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्।
नेता सिंह विद्यार्थी जीवनकालदेखि नै सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएका छन्।