काठमाडौं। पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेकी छन्।
उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा बुझाएको जानकारी दिएकी छन्।
पार्टीले युज एन्ड थ्रो मात्रै गरेको तथा भूमिकाविहीन बनाइएको भन्दै राजीनामा दिएकी उनले अन्य पार्टीमा नजाने स्पष्ट पारेकी छन्।
उनका श्रीमान तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकी थिइन्। नेकपा विभाजनपछि माओवादी रोजेकी उनी स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन्।
त्यसपछि फोटो भाइरल, कुटपिट विवादपछि उनले राजीनामा दिएकी थिइन्।