काठमाडौँ। दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौं आएका छन्।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी सोमबार बिहान काठमाडौं पुगेका हुन्।
विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन्।
केहीबेरमा भारतीय विदेश सचिव क्वात्रा नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन्। सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुनेछन्।
परराष्ट्र सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री विमला राईसँगद्वि–पक्षीय भेटघाटगर्ने छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन्।
सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। उनी त्यसका लागि बालकोट जानेछन्।
विदेश सचिव क्वात्राले मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन्। मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएकोे छ।