काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ ।
मुख्यमन्त्री शाहले आइतबार काठमाडौंको डिल्लीबजार कारागार पुगेर उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका हुन् ।
एमाले नेतृत्वको सरकारले विश्वास मत पाउन नसकेर ढलेपछि शुक्रबार मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत लिन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक छ ।
मुख्यमन्त्री शाहले पनि फागुन २५ गतेसम्म विश्वासको मत लिसक्नुपर्ने छ । विश्वासको मतका लागि मुख्यमन्त्री बनेको दुई दिनमै उनी रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगेका हुन् ।