काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु आवद्ध उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
आइतबार बिहानदेखि बसिरहेको यो बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागि छन् ।
आजको बैठकले मन्त्री परिषदमा रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीहरुको नियुक्ती, आसन्न राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल हुने बताइएको छ ।