काठमाडौँ । लुम्बिनी प्रदेशका बिना विभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् ।
गत पुस २८ गते केसीले बिना विभागीयमन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।
मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएका थिए ।