काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिन थालिएको भन्दै अब अन्यत्र पनि सत्ताबाट हटाइने दावी गरेका छन् ।
जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताए ।
नेपालले निर्वाचनको परिणाम सोचेजति नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सकिएको बताए । अध्यक्ष नेपालले सुदूरपश्चिम सरकार ढाल्न आफूले नै कांग्रेससँग कुरा गरेको र अरुसँग पनि कुरा भएको बताए ।
नेकपा एस नेपालको राजनीतिको एउटा शक्ति भएको भन्दै नेपाले देशको राजनीतिलाई प्रभावित पार्ने शक्ति आफूसँग रहेको दावी गरे ।