काठमाडौं। भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन्।
क्वात्रा दुई दिने भ्रमणका लागि सोमबार नेपाल आउने दुबै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
क्वात्राले नेपालमा समकक्षी परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक छलफल गर्ने छन्। सो क्रममा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुने बताइएको छ।
क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याललगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ।
नेपालका लागि भारतको पूवराजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने बताइएको छ।