काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (शुक्रबार) बस्दै छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको बताएका हुन्।
बिहीबारका लागि बोलाइएको संयन्त्रको बैठक संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएपछि शुक्रबार बिहानका लागि सारिएको थियो।