काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
बिहीबार दिउँसो २ बजे पार्टी कार्यालयमा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको हो।
बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रीपरिषद् विस्तार, सुदूरपश्चिम प्रदेश सरकार, सरकारका कामकारवाही लगायतका विषयमा छलफल भइरहेको छ।