काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ।
सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बस्ने नबस्ने अनिश्चित भएको हो। आज बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्ने समय र स्थानको तय भइसकेको छैन।
बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि आज संयन्त्रको बैठक बस्ने भनिएको थियो।
बैठकमा सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचन, सरकारका कामकारबाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन भइरहेको सकसलगायतका विषयमा छलफल हुने बताइएको थियो।