मकवानपुर । आज बिहीबार वाग्मती प्रदेशसभाको बैठक बस्दैछ । सदनमा प्रतिनिधित्व गर्ने सात दलबीच संसदीय समितिको नेतृत्वको विषयमा विवाद भएपछि माघ २३ गते सोमबार स्थगित भएको बैठक पुनः बस्न लागेको हो ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्नेबाहेक कुनै कार्यसूची छैन ।
प्रदेशसभा सचिवालयले सर्वदलीय सहमतिमै बैठक आह्वान गरे पनि ‘बिजनेसविहीन अवस्था’मा सदन रहेको छ । सरकारले पाँचवटा प्रतिस्थापन विधेयक ल्याउने बताए पनि अझै सचिवालयमा दर्ता भएको छैन ।