काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट सबै सांसदलाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएकी छन्।
राष्ट्रपति भण्डारीले माघ २७ गते संघीय संसदमा सम्बोधन गर्दै छिन्। सम्भवतः राष्ट्रपतिमा दोस्रो कार्यकालको अन्तिम सम्बोधन गर्ने भण्डारीले भोलिपल्ट माघ २८ गते दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवास निम्त्याएकी हुन्।
प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाई तथा शुभकामना आदानप्रदान गर्ने बेहोराको एसएमएस पठाएर राष्ट्रपति कार्यालयले निम्तो दिएको हो। नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते चुनाव हुँदै छ।