घोराही। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गरे।
प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखका लागि मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। मतदानका लागि समय दिउँसो ३ बजेसम्म समय तोकिएको छ। लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३ सय ५ रहेका छन्। जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना छन्।
उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन्।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटको लागि उपनिर्वाचन भएको हो।