काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
भेटका लागि प्रचण्ड बुधबार बिहान ओली निवास बालकोट पुगेका थिए। उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको छ।
उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति निर्वाचन, आज लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारमा आएको संकटलगायतका विषयमा पनि छलफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रचण्डसँग ५ मन्त्रालय छन्।
साथै, राष्ट्रपति चुनाव नजिक आइरहेका बेला को उम्मेदवार बन्ने भने टुंगो लागेको छैन। प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन् भने एमालेले आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ।
तर, ती विषयमा टुंगो लागि सकेको छैन।