काठमाडौँ । लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ ।
नेकपा (एमाले) बाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन पदबाट राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो ।
आगामी एक वर्षका लागि उपनिर्वाचनमा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर राय उम्मेदवार छन् ।
बिहान १० बजेदेखि कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान सुरू हुने प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका, उपमहानगरपालिका, प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मात्र मतदान गर्न पाउने कानूनी व्यवस्था छ ।