काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रचण्ड र ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति निर्वाचनको विषयमा कुराकानी भएको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ३ मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालय खाली छन्। साथै, अन्य २ मन्त्रालय पनि प्रचण्डसँगै छन्।