काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
मंगलबार राष्ट्रपति कार्यालयमा आयोजिक कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति, सभामुखलगात विशिष्ट व्यक्ति सहभागी कार्यक्रममा उनलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले शपथ खुवाए।

माओवादी केन्द्रकी सांसद रहेकी अर्याल सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।
आइतबार राष्ट्रिय सभा उपाध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।