काठमाडौं। प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
उनीहरुबीच सोमबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो। सो क्रममा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको बताइएको छ।
सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतको विषयमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायका प्रमुखलाई राखेर गरेको ब्रिफिङमा देउवा र ओली सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सुरक्षा निकायका प्रमुख, मन्त्रीहरू, मुख्यसचिव र सीमा सुरक्षा अधिकारीलगायत उपस्थित छन्।