काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्।
अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।
सम्बन्धित समाचारः
कांग्रेसले किन दिएन राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी ?