धनगढी ।सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेका छन् ।प्रदेश सभामुख भीम भण्डारीले २५ गते विश्वासको मत लिने गरि छलफल भइरहेको जानकारी दिए ।
तर निर्णय भइसकेको छैन । मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टी लचक भएको छ ।टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति लचक भएको हो ।
अहिले सम्म विश्वासको मत दिने बिषयमा निर्णय नभए पनि विश्वासको मत दिने बिषयमा सकारात्मक रहेको नागरिक उन्मुक्तिका शीर्ष नेताहरूको भनाइ छ ।
नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले पनि केही लचक भएको भन्दै केही दिनमा यस बिषयमा ठोस निर्णय हुने जनाए ।पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।