काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीलाई भेट्न नेकपाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनीहरूबीच आज साँझ भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।