काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके)राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सदनमा बोलका कुराले अर्थ र महत्व राख्छ भन्दै सरकारले संसदमा उठेका विषयलाई सम्बोधन गर्न के कस्ता पाइला चाल्यो भन्ने प्रश्न राखे ।
उनले भने, “लाखौँ मेट्रिक्टन मल आएको जानकारी दिए पनि किसानले पाइरहेको छैन । कालाबजारी र वितरण प्रणाली सुधारमा के काम भयो रु सदनमा हामी बोलि नै रहेका हुन्छौँ । सदनमा उठेको विषयको जवाफ र कारबाही भए नभएकाबारे जानकारी हुनुपर्छ ।” उनले नागरिकता प्रदान गर्ने प्रतिबद्धताका विषयमा प्रश्न गरे ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सदनमा राष्ट्रिय महत्वका विषयमा आवाज उठाउन सबै सदस्यका लागि निश्चित समय तोक्नपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको विद्युत् सस्तो मूल्यमा भारतलाई बेच्ने र महँगो मूल्यमा विद्युत् खरिद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सूचना लुकाउनेमाथि कारबाही हुनुपर्ने बताए ।