काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने भएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन हुने जानकारी गराए।
नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने व्यवस्था छ।
प्रतिनिधिसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार बस्नेछ।