काठमाडौं। राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
उनले आइतबार दिउँसो २ बजे संसद् सचिवालय पुगेर राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी हुन्। उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गरेकी हुन्।
उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ एवं समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन्।
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरिरहेको छ।
संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। त्यसपछि अर्याल निर्विरोध निर्वाचित हुनेछन्।
सम्बन्धित समाचारः
कांग्रेसले किन दिएन राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी ?