सुर्खेत । कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्तामा खड्कालाई शुक्रबार नियुक्त गरिएको हो । उनलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो ।
खड्काले शुक्रबार नै शपथ ग्रहणसमेत गरेका छन् ।उनलाई उच्च अदालत सुर्खेतका मुख्यन्यायधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।