दाङ । लुम्बिनी प्रदेश छैटौँ वर्षमा प्रवेश गरेको छ। २०७४ सालको निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आजैको दिन बसेको थियो। जुन दिनलाई प्रदेश स्थापनाको दिन मानेर हरेक वर्ष स्थापना दिवस मनाउने गरिएको छ।
पहिलो कार्यकाल पूरा गरेर दोस्रो कार्यकालमा प्रवेश गरेको प्रदेशसभाले छैटौँ स्थापना दिवस मनाउन थालेको हो।राप्ती उपत्यका देउखुरी प्रदेशसभा परिसरमा औपचारिक समारोहको आयोजना गरेर प्रदेश स्थापना दिवस मनाउन थालिएको छ।
प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सदस्य रहेका छन्। दोस्रो सभामा दश राजनीतिक दल र दुई स्वतन्त्र सांसद छन्।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार पाँच वर्षमा ७२ वटा विधेक पारित गरेको जनाएको छ । जसमध्ये ७ वटा विधेक विचाराधीन अवस्थामा थियो। तर दोस्रो प्रदेशसभाको कार्यकाल सुरु भएको हुनाले संविधानअनुसार ती विधेयक निष्क्रिय भएका छन्।