झापा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताएका छन् ।
आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिए ।
सो अवसरमा प्राचार्य ठाकुरप्रसाद भट्टराईले बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनीयर, अटो मोबाइल, रेफ्रिजेरेटर एन्ड इयर कन्डिसन तथा मेकानिकल विषय पढाउनका लागि सीटीईभीटीबाट स्वीकृित प्राप्त भइसकेको जानकारी दिए । हरेक विषयमा ४८ जनाको कोटा रहेको उक्त शिक्षालयले हरेक वर्ष १९२ विषयगत प्राविधिक जनशक्ति उत्पादन गर्ने उनले बताए ।
रु चार करोड ६४ लाखमा निर्माण सम्झौता भएको उक्त भवन काठमाडौंको जेभी भाईवा निर्माण कम्पनीले बनाउन ठेक्का लिएको छ । अठार कोठे तीन तले भवन यही आगामी २०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।