काठमाडौं। नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज (बिहीबार) आउँदैछन्।
उनी बिहीबार साँझ ७ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने बताइएको छ।
भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्नेछन्।
भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।