काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।
अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नागरिकता पाएका हुन्। यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिएका उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिएका थिएनन्। नेपाली नागरिकताको प्रमाणपत्र नभएरै उनी चुनावसमेत लडेका थिए।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो।
त्योसँगै उनले उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
सम्बन्धित समाचारः
रवि लामिछानेको सांसद पद खारेज
यस्तो छ रवि लामिछानेको मुद्दामा सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ
रवि लामिछाने फेरि यसरी बन्न सक्छन् सांसद र मन्त्री