काठमाडौं। अमेरिकाको सांसदका सभामुख न्यान्सी पेलोसीका श्रीमान् पल पेलोसीमाथि एक हतियारधारीले आक्रमण गरेका छन्।
आक्रमणपछि उनी गम्भीर घाइते भएका छन्। पल पेलोसीलाई आफ्नै निजी निवासमा एक व्यक्तिले हतौडाले टाउको र हातमा प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन्।
८२ वर्षिय पेलोसीको टाउको र हातमा गम्भीर चोट लागेपछि शल्यक्रिया गरिएको छ।
उक्त हतियारधारी सभामुख न्यान्सी पेलोसीलाई आक्रमण गर्ने मनसायले आएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
घटनाको सन्दर्भमा एक ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ।