काठमाडौं। काठमाडौंबाट बुधबार १ः१० मा नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज मुम्बई उड्ने तालिका थियो।
जहाजमा १४१ जना यात्रु थिए। तर, कैलाली प्रहरीले जहाजमा आतंकवादी रहेको सूचना दियो। त्यसपछि मुम्बई उड्न लागेको जहाजबाट यात्रुलाई ओरालेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्यो।
सबै यात्रुलाई ओरालेर प्रहरीले चेकजाँच गर्दा जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
शंकास्पद २ जनालाई नियन्त्रणमा लिएपछि फेरि जहाज मुम्बई उडेको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।