काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँस्थित मकवानपुर घर भएका ४४ वर्षीय देवकुमार मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।