काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ।
बुधबार दिल्लीको म्याक्स अस्पतालमा देउवा र चौथाइवालेबीच भेट भएको हो। चौथाइवालेले आरजुको सफल अपरेशनपछि स्वास्थ्यलाभको कामनासहित भेटघाट भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
आरजुको साउन ८ गते नयाँदिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको थियो। त्यसपछि आरजुले राजनीतिक भेटघाट तीव्र बनाएकी छन्। आरजु करिब एक महिनादेखि दिल्लीमा छन्।