काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले उनको फोनकल रेकर्ड नमागेरै बुधबारबाट प्रतिवेदन लेख्न सुरू गर्ने भएको छ।
शर्माको फोनकलको विवरण नमगाउने र अहिलेसम्मको अनुसन्धान, छलफल र सोधपुछका आधारमा समितिले प्रतिवेदन लेख्ने निष्कर्षमा पुगेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
कुनै न कुनै कालखण्डमा हरेक व्यक्तिलाई केही न केही आरोप लाग्दै आएको भन्दै फोनकल विवरण माग्दा व्यक्तिगत गोपनीयता र स्वतन्त्रता हनन् हुनसक्ने निष्कर्ष पनि समितिले निकालेको छ।
समितिले सार्वजनिक स्थानमा गरेका बदमासीका प्रमाण सुरक्षित राख्न त्यहाँको निरीक्षण प्रणाली बलियो बनाउने गरी प्रतिवेदन लेख्ने भएको अर्यालले बताए।
समिति गठन भएको १६ औं दिनमा बुधबार बिहान साढे ११ बजे सुरू हुने बैठकबाट अहिलेसम्म प्राप्त विवरणमाथि प्रतिवेदन लेखन सुरू हुने सचिव अर्यालले जानकारी दिए।