काठमाडौं। सरकारले २०७९ भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रुपमा बन्द गर्ने भएको छ।
झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारबाही गर्ने वातावरण विभागले मंगलबार सूचना प्रकाशन गरी जानकारी गराएको छ।
विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रहसमेत गरेको छ। सरकारले २०७८ साल असोज १९ मा राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर अहिले पनि बजारमा यस्ता प्लास्टिक झोलाको बिक्री तथा प्रयोग हुँदै आएको छ।
अब भदौ १ गतेदेखि सरकारको निर्णय कार्यान्वयन गरी अटेरी गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार कडा कारबाही गर्ने समेतको चेतावनी विभागले दिएको छ।