जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकास्थित वडा नं-६ का अध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार गरी निर्घात कुटपिट गरिएको छ ।
एमालेबाट निर्वाचित महतारामाथि सोमबार बिहान आफ्नै निवासमा रहेका बेला कांग्रेसका स्थानीय नेता अविनाश नेपाली र स्थानीय टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी र ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय जयराम बस्नेतले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।