काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ। चुनावअघि नै समाजवादी केन्द्र निर्माण गर्ने तयारीमा रहेका दाहाल र गौतमबीच सोमबार केन्द्रको वैचारिक विषयमा छलफल भएको हो ।
यसअघि पनि दाहाल, गौतमसहित एमाले इतरका अन्य नेताहरूबीच समाजवादी केन्द्र बनाउने विषयमा सहमति गरेका थिए । एमाले बाहेकका अन्य वामपन्थी शक्तिहरूले चुनावअघि पार्टी एकता, त्यो नभए गठबन्धन र गठनबन्धन पनि सम्भव नभए तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् ।
गत साउन ३ गते पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच समाजवादी केन्द्र गठनको विषय सिंहदबारमा छलफल गरेका थिए ।