धनगढी । धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा मोटरसाइकलको ठक्करबाट सोमबार साँझ एक जनाको मृत्यु भएको छ ।
मिलन चौक बस्ने २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री ५५ वर्षीय नेत्रप्रसाद पन्तको ज्यान गएको हो । वडा नम्बर २ का पन्त मोटरसाइकलको ठक्करबाट घाइते भएपछि उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो ।
उनको उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोटरसाइकल चालक र मोटरसाइकलमा पछाडि सवार बैतडी दशरथचन्द नगरपालिका–८ बस्ने २२ वर्षीय रामचन्द्र बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।