काठमाडौं। भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी थिए।
अन्य कार्यक्रम सकिएपछि अन्तिममा प्रधानमन्त्री देउवाको बोल्ने पालो आयो। देउवा मञ्चबारे उठेर मन्तव्यका लागि जाँदै थिए। त्यसतिबेला लाग्यो, देउवासहित नागरिकता विधेयक र एमसीसीविरुद्व नारा।
त्यहाँ कार्यक्रममा उपस्थिति भए युवकले प्रधानममन्त्री देउवासहित नागरिकता विधेयक र एमसीसीविरुद्व नारावाजी गरे।
प्लेकार्डसहित एकाएक देखिएका ती युवाले ‘एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौं’लगायत नारा लगाए।
उनले नारा लगाउन सुरु गरे वित्तिकै सुरक्षाकर्मीले बाहिर निकाले । उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवाः मुर्दावाद’ भन्दै नारा लगाएन सुरु गरिहाले।
सुरक्षाकर्मीले रोक्दा पनि पनि उनी रोकिएनन, नारा लगाउँदै गए। अन्त्यमा नारा बन्द गराउनका लागि सुरक्षाकर्मीले युवकको मुखनै छोप्नुपरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ।