काठमाडौँ । भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले आज कार्यभार सम्हाल्दैछन् ।उनले भारतको सर्वोच्च संवैधानिक पदको शपथ आज लिने भारतीय सञ्चारमाध्यमले बताएको छ ।मुर्मू भारतकी १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन् ।
भारतको केन्द्रीय गृह मन्त्रालयका अनुसार, शपथ समारोह बिहान १०ः१५ बजे संसदको केन्द्रीय भवनमा हुनेछ ।सीजेआई एन।वी रमणाले उनलाई राष्ट्रपति पदको शपथ दिलाउनेछन् ।
यसपछि मुर्मूलाई २१ तोपकी सलामी दिइनेसमेत तयारी भएको बताइएको छ ।शपथ ग्रहणपछि नयाँ राष्ट्रपति मुर्मूले सम्बोधन गर्ने कार्यसूची छ ।