काठमाडौं । नेपाल प्रहरीले ११ जना एसपीको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरेलाई सरुवा गरिएको छ। कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ। रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ।

