काठमाडौं। भक्तपुरको सल्लाघारीमा यात्रुबाहक बस र स्कुटरमाथि रुख ढल्दा ३ जनाको मृत्यु भएको छ।
मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको प्रहरीले जानकारी दिएको छ।
सो क्रममा १२ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुको डा इवामुरा मेमोरियल अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ।
आइतबार दिउँसो भक्तपुर नगरपालिका–१ इवामुरा अस्पताल नजिकै सल्लाको रुखले सल्लाघारीबाट दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई सल्लाको रुखले किचेको थियो।
यसैबीच गृहमन्त्री खाणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवीशर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई घाइतेको उपचार र सडकमा ढलेको रूख पन्छाइ सवारी साधन पुनः सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।